प्रदेश स्थापनाको अवसरमा आज गण्डकी प्रदेशमा सार्वजनिक बिदा

२२ माघ, पर्वत-गण्डकी प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश मन्त्रिपरिषद्‍को बसेको बैठकले प्रदेश स्थापना दिवसको अवसरमा माघ २२ गते बिदा दिने निर्णय गरेको हो।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव सुरणप्रसाद शर्मा पौडेलका अनुसार बिहीबार गण्डकी प्रदेशभित्रका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिने निर्णय भएको हो।

गण्डकी प्रदेश मन्त्रिपरिषदको विज्ञप्ति :

ताजा

Related Articles