19.1 C
Kathmandu
Thursday, April 30, 2026

प्रतिनिधि सभा सदस्यमा पर्वतबाट रास्वपाका सागर भुसाल विजयी

२३ फागुन २०८२,पर्वत-प्रतिनिधि सभा सदस्य निर्वाचन-२०८२ मा पर्वतबाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सागर भुसाल विजयी हुनुभएको छ । आज बिहान सम्पन्न प्रत्यक्ष तर्फको मत गणना अनुसार भुसाल २६ हजार पाँच सय ६१ मत प्राप्त गरी बिजयी हुनुभएको हो ।

‎निकटतम प्रतिद्धन्द्धी नेपाली काँग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशी भन्दा १० हजार ६ सय ७ मतको फराकीलो अन्तरमा बिजयी हुनुभएको हो । नेपाली काँग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशीले १५ हजार नौ सय ५४ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार पदम गिरीले १५ हजार ७५ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी चौथो स्थानमा रहेको नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार मनहरी तिमिल्सिनाले चार हजार पाँच सय ५७ मत प्राप्त गर्नुभएको छ ।
‎नेकपा माओवादीका उम्मेदवार कृष्णबहादुर विकले एक सय १८, उज्यालो नेपाल पार्टीका उम्मेदवार यामबहादुर चोचाङ्गी पुनले एक सय २२, राष्ट्रिय जनमोर्चाको ८७ मत प्राप्त गरेको छ । अन्य साना दल र स्वतन्त्र उम्मेदवारको भने मत नगण्य रहेको छ ।
‎पर्वतमा शुक्रवार दिउँसो १२ बजेदेखि मतगणना शुरु भएको थियो । पर्वतमा यस अघि नेकपा एमालेका उम्मेदवार पदम गिरी लगातार दुई पटक बिजयी हुनुभएको थियो भने त्यस अघि तीन पटकसम्म नेपाली काँग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशी बिजयी हुनुभएको थियो ।
पराना राजनीतिक दल र पटक पटक दोहोरिएका उम्मेदवारहरुप्रति नागरिकको असन्तुष्टि बढेका कारण पनि विगतका निर्वाचन भन्दा अझै फराकिलो अन्तरले रास्वपा उम्मदवार भुसाल बिजयी भएको चर्चा हुन थालेको छ । पुराना दलहरुको कार्यशैली,जेनजी बिद्रोह लगायतका कारणले पटक पटक बिजयी हुँदै आएका उम्मेदवारहरुले पनि मतपरिणाम घटाउँदै लगेका हुन् ।
‎पर्वतमा ५२ दशमलब १० प्रतिशत मत खसेको थियो । जिल्लाको कुल मतदाता संख्या एक लाख २५ हजार चार सय ६६ मध्ये ६५ हजार तीन सय ७९ मत खसेको हो । जसमा महिला ३५ हजार ४० र पुरुष ३० हजार तीन सय ३९ जनाले मतदान गरेका हुन् ।
पर्वतमा प्रतिनिधि सभा सदस्यका लागि चार स्वतन्त्र सहित १३ वटा राजनीतिक दलवाट गरी १७ जना उम्मेवार चुनावी मैदानमा होमीएका थिए ।

ताजा

Related Articles