22.1 C
Kathmandu
Sunday, May 24, 2026

पाखापानीका आगलागी पीडितलाई महाशिला गाउँपालिकाद्वारा सहयोग हस्तान्तरण

५ चैत्र २०८२,पर्वत — महाशिला गाउँपालिकाले आगलागीबाट प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराएको छ। गाउँपालिकाले चैत्र ५ गते वडा नं. ४ पाखापानी, रचिनडाँडा निवासी देवेन्द्र नेपालीको परिवारलाई आवश्यक सहयोग हस्तान्तरण गरेको हो।

गाउँपालिकाका अध्यक्ष इश्वरी प्रसाद भुसाल, उपाध्यक्ष धनसुवा बि.क. तथा नि. प्रमुख प्रशासकीय अधिकृत सन्तोष बि.क. लगायतको उपस्थितिमा पीडित परिवारलाई खाद्यान्न, लत्ताकपडा तथा अन्य अत्यावश्यक सामग्री हस्तान्तरण गरिएको थियो।

आगलागीका कारण नेपालीको घर, गोठ, १० वटा बाख्रा, लत्ताकपडा तथा अन्नपात सहित सम्पूर्ण सम्पत्ति जलेर नष्ट भएको बताइएको छ। उक्त घटनाले परिवारलाई ठूलो क्षति पुगेको छ।

,,यस दुःखद परिस्थितिमा अध्यक्ष भुसालले पीडित परिवारप्रति सान्त्वना प्रदान गर्दै गाउँपालिका सधैं नागरिकको साथमा रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, स्थानीय तहबाट आवश्यक सहयोग निरन्तर उपलब्ध गराइने पनि उहाँले बताउनुभयो।

ताजा

Related Articles