२ बैशाख २०८२, पर्वत- पर्वत जिल्लाको फलेबास नगरपालिका-८ सलेन्धारा स्थायी घर भै हाल काठमाडौं बसोबास गर्दै आएका लालकाजी सुनारलाई आर्थिक अभावमा उपचारमा समस्या भएको छ । १ महिना अँघि प्रेसरले हानेर ढ्ल्नुभएका उहाँको आर्थिक अभावले उपचारमा समस्या भएपछि सहयोगको अपिल गरिएको छ । घरको आर्थिक अवस्था अति कमजोर भएका कारण श्रीमनको उपचारमा समस्या भएपछि उहाँको श्रीमती बिसु गौचनले सहयोगको अपिल गर्नुभएको हो । उहाँले भन्नुभयो” घरको आर्थिक अवस्था नाजुक छ, श्रीमानको उपचारका लागि सहयोगी मनका धनिहरुसँग सहयोगको लागि हारगुहार गर्नुको विकल्प भएन ।”देश बिदेशमा रहेका सबै सहयोगी महानुभावहरुले आर्थिक सहयोग गरेर श्रीमनलाई बचाइदिन उहाँले अपिल गर्नुभएको छ ।प्रेसरले हानेर ढलेको दिनदेखि लालकाजी जिवनमा कालो बादल मडारिएको छ ।काठमाडौंको ग्रीन सिटी अस्पतालले टाउकोमा गम्भिर चोट भएको जनाएको छ । लामो समय अस्पताल बस्नुपर्ने र महंगो उपचार शैलीले परिवारको आर्थिक अबस्था रित्तियो तर उहाँलाई पुर्ण रुपमा निको हुन सकेको छैन ।
परिवारका अनुसार टाउकाको आधा खप्पर काटेर अस्पतालको फ्रीजमा राखिएको छ, त्यसलाई छिटै जोडनुपर्ने डाक्टर सुनाउँछन । तर धेरै पैसा लाग्ने भएपछि परिवार बिलखबन्दमा परेको छ । अहिले सुनार ग्रीन सिटी अस्पतालको बेडमा मुढो लडेझैं लड्नुभएको छ ।
साह्रै अप्ठ्यारो परेपछि परिवार र आफन्तले आर्थिक सहयोगका लागि सबैसामु अपिल गरेका छन ।
सहयोग गर्न लागि सम्पर्क :- श्रीमती बिसु गौचन (Bisu Gauchan)- 9841425675
• Bank: ग्लोबल आईएमी बैंकमा, (Bisu Gauchan) नाममा रहेको खाता नम्बर- 30207010010755


