27.1 C
Kathmandu
Thursday, June 4, 2026

कुश्मा बहुमुखी क्याम्पसमा पत्रकारसँग अन्तरक्रिया,प्रथम साधारणसभा जेष्ठ २३ गते हुने

२१ जेष्ठ २०८३,पर्वत-पर्वतको सदरमुकाम कुश्मा बजारमा सञ्चालित कुश्मा बहुमुखी क्याम्पसको प्रथम साधारणसभा यहीँ जेष्ठ २३ गते आयोजना गरिएको छ । आज पत्रकारसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरि क्याम्पसको वर्तमान अवस्था, भावी योजनाका साथै साधारणसभाको बारेमा जानकारी गराइएको हो ।

विं.स. ‎२०४८ सालमा स्थापना भएको गूप्तेश्वर बहुमुखी क्याम्पस र २०६७ सालमा स्थापना भएको शिवालय बहुमुखी क्याम्पस एकीकरण (मर्जर) गरि गत बर्षदेखि त्रिभुवन विश्व बिद्यालयबाट मान्यता लिएर  कुश्मा बहुमुखी क्याम्पसको नामबाट संचालन भएको छ ।
दूई क्याम्पस एकीकरण गर्दा एउटा अर्को संग विलय हुने प्रक्रिया भएतापनि पर्वतमा एकीकरण गरिएको विधि देश भरिकै नमुना अभ्यास भएको क्याम्पस संचालन समितिका अध्यक्ष गोविन्द पहाडीले बताउनुभयो ।
उहाँले भन्नुभयो “हामीले निकै लामो अभ्यास पछि दइु क्याम्पसहरु एकीकरण गर्न सफल भयौ, एकिकरण गर्नु एउटाको विलय हुनु भए पनि हामीले दुवै क्याम्सको सह–अस्तीत्व रहने गरि नयाँ नामकरण गर्न सफल भयौं ।” यो एकीकरण कार्य कुश्मा क्षेत्रको सामुदायिक एकता र हार्दिकताका लागि कोशे ढुंगा सावित भएको पहाडीले बताउनुभयो । उदाहरणीय एकीकरण भएकोले विश्व विद्यालय अनुदान आयोगबाट ६० लाख, गण्डकी प्रदेश सरकारबाट १० लाख र कुश्मा नगरपालिकाबाट ५ लाख प्रोत्साहन अनुदान र सहयोग प्राप्त भएको बताइएको छ ।जिल्लामा नै उच्च शिक्षा अध्ययनका लागि क्याम्पसलाई दिगो व्यवस्थापनका लागि सबै निजि तथा सरकारी संस्था र सरोकारवालासँग सकारात्मक सहयोगको अपेक्षा गरिएको अध्यक्ष पहाडीको भनाई छ ।
‎क्याम्पस संचालन समितिका उपाध्यक्ष बसन्त कुमार कर्मचार्यले क्याम्पसलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने केन्द्रका रूपमा विकास गर्न निरन्तर प्रयासरत रहेको बताउनुभयो । क्याम्पसको शैक्षिक गुणस्तर र उन्नयनका लागि सबैसँग समन्वय र सहकार्य गरेको उहाँले बताउनुभयो ।
‎घट्दो जनसंख्या र कक्षा १२ सकेपछि विद्यार्थीहरु विदेश जाने लहरसँगै  विद्यार्थीहरुको संख्या दुवै क्यम्पसमा कम भएको अवस्थामा दुवै क्याम्पसहरु एकीकरण गरि सञ्चालन गर्दा आर्थिक भार कम हुने साथै शैक्षिक गुणस्तरमा समेत सुधार हुने भएकोले एकीकरण कार्य थप प्रभावकारी भएको का.मु. क्याम्पस प्रमुख लेखनाथ उपाध्यायले बताउनुभयो ।
क्याम्पसवाट समयमानै भर्नाका लागि आह्वान गरेपनि अन्तिम अवस्थामा मात्र विद्यार्थीहरु भर्नाका लागि आउने साथै केही विद्यार्थीहरु विचमै पढाई छोडेर विदेश जाने समस्यरहेको पनि उपाध्याले वताउनुभयो ।
कुश्मा वहुमुखी क्याम्पसमा हाल विभिन्न संकायमा ३७८ जना विद्याथीहरु अध्ययनरत छन् । ६५ जना विद्यार्थीहरुले विभिन्न संघ संस्थाहरुवाट छात्रवृत्ती प्राप्त गरेको साथै २० जनाले आन्तरिक स्रोतवाट छात्रवृत्ती प्राप्त गरेको उपाध्यायले बताउनुभयो ।
‎नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटाले दुइ क्याम्पस एकिकरण गरि नँया नामकरण गरि सञ्चालन गरिएकोमा नमुना कार्य भएको बताउदै क्याम्पस एकिकरणले एकताको शन्देश दिएको वताउदै भविष्या थप गुणस्तरीय शैक्षिक  प्रगतीको कामना गर्नुभयो ।
‎अन्तरक्रियामा सहभागी पत्रकारहरूले क्याम्पसको शैक्षिक अवस्था, व्यवस्थापन चुनौती तथा भविष्यका योजना सम्बन्धमा विभिन्न सुझाव तथा प्रश्नहरू राखेका थिए।

ताजा

Related Articles