जिल्ला समन्वय समिति पर्वत र पत्रकारबीच अन्तरक्रिया: पर्वतमा पर्यटन गुरुयोजना बनाइदै

२० असार २०८३,पर्वत- जिल्लामा रहेका धार्मिक तथा पर्यटकीय स्थलहरुको प्रबर्द्धन गर्दै आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख गन्तब्यको रुपमा विकास गर्नका लागि पर्वतको पर्यटन गुरुयोजना निर्माण गरिने भएको छ ।

जिल्ला समन्वय समिति पर्वतको आयोजनामा शुक्रवार सम्पन्न आठौ जिल्ला सभाले जिल्ला समन्वय समितिको पहल र सातवटै स्थानीय तहको सहकार्यमा पर्यटन गुरुयोजना बनाउने निर्णय गरेको हो । जिल्लामा वर्षेनी लाखौको संख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरु भित्रिने गरेको भएपनि ठोस योजना र तयारी नहुँदा यहाँका नागरिकहरुले फाईदा लिन नसकिरहेको अवस्थालाई मध्यनजर गर्दै आगामी आर्थिक वर्षमा गुरुयोजना तयार गर्ने निर्णय भएको हो ।

पर्वत जिल्ला पछिल्लो समय शाहसीक पर्यटनको गन्तव्य बनेको छ । यहाँ विश्वकै दोस्रो अग्लो बञ्चिजम्प, विश्वकै लामो जीपलाईन लगायत स्विङ, मेगाट्रोल, गुलेली पिङ्ग, नेपालकै लामो कालीगण्डकी जलयात्रा, लगायत अग्ला र लामा पुल जस्ता पर्यटकीय पुर्वाधार बढ्‌दै जान थालेका छन् ।

पर्यटकीय पुर्वाधार बढ्‌दै गएपनि आन्तरिक तथा बाह्य पर्यटकहरुको बसाई लम्ब्याउने खालका कार्यक्रमहरु बनाउन सकिएको छैन । तीन हजार तीन सय मिटर उचाईको हम्पालको लेकदेखि पाँच सय १२ मिटर उचाईको विश्वकै ठुलो शालिग्राम शिला लगायतका थुप्रै मठमन्दिर, डाँडापाखा, कला, संस्कृति, बन्यजन्तु, जडिबुटी लगायतका अनुपम उपहारको संमुचित प्रयोग गर्दै पर्यटन क्षेत्रवाट जिल्लाको समृद्धि गर्ने उद्धेश्यले गुरुयोजना बनाउन थालिएको जिल्ला समन्वय समितिका प्रमुख विष्णुराम विकले बताउनुभयो ।

उहाँका अनुसार आर्थिक वर्ष २०८३/०८४ भित्रै गुरुयोजना निर्माण गरेर अर्को बर्षदेखि लागु गरिने भएको छ । यसका लागि विभिन्न विज्ञहरुको समुह बनाउनुका साथै जिल्लका जनप्रतिनिधि, नागगरिक समाज, पत्रकार लगायतको सहभागितामा बहुउपयोगी र कार्यान्वयनमा सहजता हुने खालको योजना निर्माण गरिने भएको छ । गुरुयोजना निर्माण पछि जिल्लाको पर्यटन व्यावसाय फस्टाउँदै जाने उहाँको विश्वास रहेको छ ।

यसैगरी जिल्ला सभाले कालीगण्डकी नदिको पर्वत खण्डमा पर्ने ४२ किलोमिटर क्षेत्रको संरक्षण, सम्वद्र्धन र दिगो उपयोगका लागि ठोस योजना बनाउने निर्णय गरेको छ । यसका लागि छिमेकी जिल्लाहरुसँग आवश्यक समन्व्य गरिने भएको छ । अबैध रुपमा भैरहेको नदी दोहनलाई नियन्त्रण गरी व्यवस्थित उत्खनन्को योजना बनाईने जिल्ला समन्वय अधिकारी बद्री तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला सभाले जिल्लामा उत्पादित कृषिजन्य बस्तुको सहज बजारीकरणका लागि कृषि एम्बुलेन्स सेवा विस्तार गर्ने, जिल्लाका सरकारी तथा गैरसरकारी निकायहरुमा जफादेहिता, सुशासन र पारदर्शिताका लागि सहजीकरण गर्ने निर्णय समेत गरेको छ ।

जिल्लाका सातवटै स्थानीय तह सरकारी कार्यालयहरुको वर्षमा एकपटक संयुक्त सार्वजनिक सुनुवाई गर्ने, जिल्लालाई पुर्ण खोप सुनश्चितता घोषणा गरिएकोमा अझै प्रभावकारी बनाउने तथा बालमैत्रि जिल्ला बनाउनका लागि सहजीकरण गर्ने निर्णय समेत सभाले गरेको छ

जिल्ला सभा पछि आयोजित पत्रकार सम्मेलनमा जिल्ला समन्वय अधिकारी बद्री तिवारीले जिल्ला समन्वय समितिमा कानूनी अधिकारबारे अस्पष्टता हुँदा कतिपय कामकारबाहीमा समस्या आएको बताउनुभयो । उहाँले अनुगमन, तथा कारबाही लगायतका प्रभावकारीता देखाउन नसकिएको बताउनुभयो ।

कार्यक्रममा पत्रकारहरुले जिल्ला समन्वय समितिको भूमिका प्रभावकारी नभएको, अनुगमन दखावटी मात्र भएको, कालीगण्डकी दोहन र अबैध क्रसरलाई पश्रय दिएको लगायतका टिप्पणीहरु गर्नुभएको थियो ।कार्यक्रममा जिल्ला समव्य समितिका उपप्रमुख सोम जिसी, पत्रकार महासंघका केन्द्रीय सदस्य छविलाल तिवारी, जिल्ला अध्यक्ष लक्ष्मण सापकोटा लगायतले बोल्नुभएको थियो । अन्तरक्रिया कार्यक्रममा जिल्लामा क्रियाशिल विभिन्न पत्रकारहरुको उल्लेखनीय सहभागिता रहेको थियोे ।

ताजा

Related Articles