पर्वतमा १ लाख ११ हजार राशीको दोस्रो जेसिज कप फुटबल प्रतियोगिता हुँदै, शिल्ड अनावरण

२३ साउन २०८३, पर्वत- पर्वतको सदरमुकाम कुश्मा बजारमा  १ लाख ११ हजार १ सय ११ राशीको सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता हुने भएको छ । पर्वत जेसीजको आयोजनामा यहीँ साउन २८ देखि ३१ गतेसम्मान प्रतियोगिता हुने भएको हो । पर्वत जेसीजले युवालाई खेलकुदमा आकर्षित गर्दै स्थानीय खेलाडीको प्रतिभा पहिचान तथा खेलकुदको प्रबर्द्धन गर्ने उद्देश्यले फुटबल प्रतियोगिता आयोजना गरिएको सनिवार प्रतियोगिताको शिल्ड अनावरण तथा पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

यहि साउन २८ गतेदेखि ३१ गतेसम्म पर्वत जिल्लाको कुश्माबजार स्थित बडागाउँ खेल मैदानमा संचालन हुने प्रतियोगिताको विभिन्न तयारीहरु भैरहेका छन् । पर्वत जेसीजको आयोजनामा हुने प्रतियोगितामा जिल्ला भित्र तथा बाहिरका विभिन्न फुटबल क्लब तथा टोलीको सहभागिता रहने आयोजकले जनाएको छ।

पर्वत जेसीजका वर्ष २०२६ का अध्यक्ष शर्मिला शर्माका अनुसार प्रतियोगिता मार्फत् जिल्लामा फुटबल खेलको विकास गर्नुका साथै युवामा अनुशासन, नेतृत्व क्षमता र आपसी भाइचाराको भावना विकास गर्ने लक्ष्य राखिएको छ ।

प्रतियोगितामा राष्ट्रिय स्तरका उत्कृष्ट टोलीहरुको सहभागीता समेत रहनेछ ।
प्रतियोगिताको विजेता टोलीले एक लाख ११ हजार एक सय ११ नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेतालाई रु.५५ हजार ५ सय ५५ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र दिइनेछ । उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता, उदयीमान खेलाडी, फेयर प्ले टिमका लागि समेत विशेष पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । आयोजकका अनुसार अहिलेसम्म १६ वटा समुहले टिम दर्ता गरेका छन् भने झण्डै एक दर्जन सम्पर्कमा रहेका छन् ।

पर्वत जेसीजले शनिवार एक कार्यक्रमको आयोजना गरी जेसीज कपको शिल्ड, मेडल र जर्सीको अनावरण समेत गरेको छ । पर्वत जेसीज अध्यक्षीय क्लवका अध्यक्ष सिनेटर कृष्णप्रसाद श्रेष्ठले शिल्डको अनावरण गर्नुभएको थियो ।

चार दिनसम्म हुने प्रतियोगिताको सवैजसो तयारी अन्तिम चरणमा पुगेको खेलका मुल संयोजक एन्जल कर्माचार्यले जानकारी दिनुभयो।
प्रतियोगिताको प्रथम पुरस्कार क्लवका पुर्व अध्यक्षहरुले सौजन्य गर्नुभएको छ भने उपबिजेतालाई अध्यक्ष शर्माका सासुससुराले सौजन्य गर्नुभएको हो । खेलाडीहरुका लागि निशुल्क खान बस्नको व्यवस्था समेत गरिएको छ । प्रतियोगिता संचालन गर्नका लागि रु. १० लाख रुपैया खर्च लाग्ने आयोजकले जनाएको छ

कार्यक्रममा पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुर वि पौडेल, नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो प्रतियोगिताको प्रथम पुरस्कार क्लवका पुर्व अध्यक्षहरुले सौजन्य गर्नुभएको छ भने उपबिजेतालाई अध्यक्ष शर्माका सासुससुराले सौजन्य गर्नुभएको हो । खेलाडीहरुका लागि निशुल्क खान बस्नको व्यवस्था समेत गरिएको छ । प्रतियोगिता संचालन गर्नका लागि रु. १० लाख रुपैया खर्च लाग्ने आयोजकले जनाएको छ ।

कार्यक्रममा पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुर वि पौडेल, नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा खेल संयोजक एन्जल कर्माचार्यले स्वागत र महासचिब रामचन्द्र सुवेदीले संचालन गर्नुभएको थियो ।

ताजा

Related Articles