३१ साउन २०८३, पर्वत-पर्वत जेसीजको आयोजनामा सम्पन्न भएको दोस्रो खुल्ला पर्बत जेसीज कप-२०२६ ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीन पोखराले जितेको छ । फाइनल खेलमा रामघाट ग्रीन र गन्नी फुटबल निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टी सुटआउटमा रामघाट ग्रिनले गन्नी फुटबल क्लब लाई ५ का विरुद् ६ गोलले हराउदै उपाधी उचाल्न सफल भएको हो ।
कुश्मा बजारस्थित बडागाउँचौर खेल मैदानमा भएको फाइनल खेलमा गन्नी फुटबल क्लब फेरी एकपटक उपाधि उचाल्नबाट चुक्यो । यस अघिको सस्करणमा पनि फईनालमा होटल बेन्जु संग पराजित भएर दोस्रो स्थानमानै चित्त बुझाएको गन्नी फुटबल क्लब यसपटक कुनैपनि हालतमा उपाधि उचाल्ने लक्ष्यसहित मैदानमा उत्रेको थियो तर राम्रो खेल्दा खेल्दै यो पटक पनि सफल हुन सकेन ।
रामघाट ग्रीन र गन्नी फुटबल क्लब बीचनिकै प्रतिस्पर्धात्मक खेल भएको थियो दुवै तर्फ बाट भएका प्रहारहरु रामघाट ग्रीन र गन्नी फुटबल क्लबका गोलकिपर रतन हितांग र मन्दिप घलेले विफल परेका थिए । गन्नीले खेलको सुरुआतदेखि नै बल नियन्त्रण र आक्रामक खेलमा प्रभाव जमाएको थियो तर गोल भने हुन सकेन। पेनाल्टी सुटआउटमा छैठौ प्रहार गर्न आएका अमिर गुरुङ को प्रहार रामघाटका गोलकिपर रतन हितांगले बचाऊ गर्दा आकाश थपलियाले बिजयी गोल गर्दै रामघाट ग्रीन पोखराले उपाधी उचाल्यो।
प्रतियोगितामा विजेता टोली रामघाट ग्रीन पोखराले १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । यस्तै उपविजेता गन्नी फुटबल क्लबले ५५ हजार ५ सय ५५ रुपैयाँ सहितट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो। व्यक्तिगततर्फ ‘उत्कृष्ट खेलाडी’ रामघाट ग्रीनका मनिष तामांग भए भने ‘उत्कृष्ट गोल्ररक्षक’ रतन हितांग रामघाटका भए । ‘सर्बाधिक गोलकर्ता’ गन्नी फुटबल क्लबका सन्दिप राना भए साथै गन्नी फुटबल क्लबका तकदिर घले बेस्ट डिफेन्डरको उपाधि प्राप्त गर्दा गन्नीकै लिलजंग तामांग बेस्ट मिडफिल्डर भएको कुरा फुटबल खेलका संयोजक तथा पर्वत जेसीजका उपाध्यक्ष एन्जल कर्माचार्यले जानकारी दिनुभयो । युवाहरूको नेतृत्व तथा व्यक्तित्व विकाससँगै खेलकुद मार्फत युवाहरुमा एकता, सद्भाव र खेलकुदको विकास र प्रबर्द्धन गर्ने उद्देश्यले फुटबल प्रतियोगिता गरिएको पर्वत जेसिज-२०२६ कि अध्यक्ष शर्मिला शर्माले बताउनुभयो । यहीँ साउन २८ देखि ३१ गतेसम्म संचालित उक्त फुटबल प्रतियोगितामा २७ टिमको सहभागीता रहेको थियोे ।

