यसअघि अनलाइन फाराम भर्नका लागि सेवाग्राहीहरू साइबर तथा अन्य व्यक्तिको सहयोग लिनुपर्ने र त्यसबापत शुल्क तिर्नुपर्ने अवस्था थियो। नयाँ व्यवस्थापछि कार्यालयमै पुगेर बिनाशुल्क फाराम भर्न सकिने भएपछि सेवाग्राहीलाई आर्थिक भार कम हुने भएको छ। कार्यालयले अपाङ्गता भएका व्यक्ति, अशक्त व्यक्ति, गर्भवती महिला, सानो बच्चा भएका महिला, ज्येष्ठ नागरिक तथा टाढाबाट सेवा लिन आएका सेवाग्राहीलाई सेवा प्रवाहमा प्राथमिकता दिने जनाएको छ।
त्यसैगरी, कार्यालय वरिपरि सेवाग्राहीलाई सहयोग र सहजीकरण गर्ने नाममा गैरकानुनी रूपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिहरूमाथि निगरानी गरी कानुनबमोजिम कारबाही गरिने सूचनामा उल्लेख छ।जिल्ला प्रशासन कार्यालयले कार्यालयबाट निःशुल्क उपलब्ध हुने सेवाको प्रत्यक्ष लाभ लिन र बिचौलियाको प्रलोभनमा नपर्न सेवाग्राहीलाई आग्रह गरेको छ। सिडिओ कार्यालयको यो व्यवस्थाले विशेषगरी राष्ट्रिय परिचयपत्र र राहदानीको अनलाइन फाराम भर्न नजान्ने सेवाग्राहीलाई राहत पुग्ने अपेक्षा गरिएको छ।
प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्रीसँग गरिएको कुराकानी तलको लिंकमा हेर्नुहोस:-https://www.facebook.com/share/v/19E6UY2Tjf/

