बिगत ३० बर्षमा भौतिक बिकास भ्रष्टाचारको पर्याय बन्न गयो। काठमाडौंका विभिन्न नदि किनाराका जमिन जग्गा ब्यापारीले मालपोतबाट धनीपुर्जा निकाल्दै बिक्री गरे। म ३३ सालमा हांडिगाउँ बस्थें। बर्खामा पुरै फांठ ढाकेर बाढी आंउथ्यो। हिउँदमा हामी यहि खोलामा घाम ताप्दै नुहाउने गर्थ्यो। लुगा धुने यहि खोलामा हो। तर यो ४५ बर्षमा खोलाका किनार सबै अतिक्रमण भए।
१.राजनीतिक दलहरुले भ्रस्टाचारीको संरक्षण नगरेको भए आज काठमाडौंको अवस्था यो हुने थिएन। कथित योजनाबिद जो पार्टीका झोलेहरु भए, उनिहरुले देश बनाउने होइन लुट्ने मात्र क्षमता राख्द्थे। परिणाम यो भयो आज।
एक जना बिकासअर्थबिद जस्लाइ राज्यले चिन्दैन, उनी चिनाउन पनि चाहांदैन, उन्ले केही संकेताङक प्रयोग गर्दै मलाइ बताए, २०५० साल पछाडि मात्र ३० खर्ब भन्दाबढी रकमको भ्रस्टाचार भयो, र करीब २० खर्बको भ्रस्टाचारको रकम त दोस्रो पुस्ताका नेताहरुकोमा गयो। उनी भन्छ्न, तुलनात्मक रुपमा पहिलो पुस्ताका नेताहरू कम भ्रस्टाचारि थिए। उन्का थुप्रै तर्कहरुबाट म सहमत भएं।
२.राजस्वको लगभग २० खर्ब रकम भौतिक निर्माणका योजनामा भ्रस्टाचार भयो। तेसमध्य अधाभन्दा बढी त काठमाडौंका सडक, ढल र सरकारी भवनमा भयो। ती खर्च भएका धेरै जसो निर्माणहरु आज छैनन। उनी भन्छ्न, स्थानीय नेता, कर्मचारी र लोकल गुन्डाहरुले त्यो रकम खाए।
३.बिगत तीन बर्षमा मात्र स्थानिय तहमा डोजर चलाएर डांडा काट्ने काममा मात्र १ खर्बको भ्रस्टाचार भयो। यस तीन बर्षमा जामिन काटेर प्लटिङ्ग गर्ने नाममा अर्ब भन्दा बढीको त तेल आयात थपियो। एकातिर बाताबरण ध्वस्त भयो, अर्कोतिर नेपाली धन बिदेशीयो। यो प्लटिङ्गमा सभासद, सांसद र स्थानीय नेता, प्रहरी र प्रशासनका मानिसको संलग्नता रहेछ।
४.हामी होटेलको एउटा कोठामा थियौं। अर्को कोठामा चारपांच जना थिए। काठ्को बार थियो। एमाले, कांग्रेस, माओवादी र राप्रपाका स्थानिय नेता रहेछ्न। रातभरि सुतेनन। बिहान होटेल चलाउने भाइले भन्यो। सात हजारको रक्सी र मासु खाएछ्न। उनिहरु राती त्यांहा गाबिसको सचिव शहित बिल मिलाउन बसेका रहेछ्न। मिलेर खांदा रहेछ्न।
५.सरकारको अवस्था यस्तो छ, मालपोतको अवस्था यस्तै छ, जंगलको अवस्था यस्तै छ, न्यापालिकाको अवस्था यस्तै छ, बिश्वबिद्धालयको अवस्था यस्तै छ, निर्माणको अवस्था यस्तै छ। राजनीति दल र कर्मचारीतन्त्रका करीब १० लाख मानिस आज खर्बपती भएका छ। म मास्टर हुं म पढाएर तलब लिन्छु पन्ध्र प्रतिशत कर काटिन्छ, एउटा कपि काटेको पन्ध्र रुपिया दिन्छ तेस्को पनि १५ प्रतिशत कर लिन्छ, होटेलमा भात खानुपर्छ बांच्नका लागि, कहिलेकाहीँ, तेस्मा पनि १३ प्रतिशत कर लिन्छ, यस्तै यस्तै। नागरिक संधै कर तिर्छ्न, साशक भ्रष्टाचार गर्छ।
ठुलठुला नेता भाषण गर्छ्न, झुठो कुरा गर्छ्न। लि क्वान यु संङ्ग तुलना गर्छ्न। तर शरीर नाङ्गो भएको देख्दैनन। यो समाजमा मानिस दृस्टीहिन भएका छ्न। यि मानिस काठमाडौंमा बाढी पसेको देख्छ्न तर पैसा खाएर, भ्रममा परेर भ्रष्टाचारीलाई भोटहालेर पाप गरेको बिर्सन्छ्न। कोपेनहेगनमा चार्ल्स एन्डरसनको शालिक छ। त्यांहा एउटा सर्बाङ्ग नाङ्गो मान्छेको ठूलो शालिक पनि छ। डेनिसहरु भन्छ्न, यो तेहि नाङ्गो राजाको शालिक हो।डेनिसहरु साशकले मानिसलाई शोषण गर्छ्न भन्ने संझिरहन चाहान्छन। ूइतिहास क्रुर हुन्छ।
चीनमा साङ्ग बशंका प्रधानमन्त्रीको एउटा शलिक छ जस्लाइ सबै बटुवाले थुक्नु पर्छ। यस्ले यु फेइ भन्ने एकजना देशभक्त जर्नेललाई षड्यन्त्र गेरेर मार्यो। अर्को देशको राजाको पैसा खाएर। उस्ले आफनो शालिक बनायो जस्लाइ अहिले मानिसले थुक्छ्न। यु फेइको शालिकमा एकछिन उभिएर शीर झुकाउंछ्न। नेताजिहरु तपाईं कस्तो इतिहास बनाउन चाहानुजुन्छ?सुध्रिनु होस। ठूलो काम गर्न नसके पनि आफ्नो बिचारमा गद्दारी नगर्नुहोस, बिदेशीको सेवा नगर्नुहोस, सत्ता होइन जनताको बिश्वास गर्नुहोस। यो नठान्नुहोस तपाईलाई हटाउने मानिस छैनन। हटाउने मानिस छ्न।यो सामग्री डा. संग्रौलाको फेसबुकबाट लिएको हो ।