पोखरामा २२ महिने शिशुलाई जबरजस्ती गर्ने युवक पक्राउ

117

काठमाडौं ६ कात्तिक । पोखराबाट नाबालिकालाई जबर्जस्ती गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पोखरा वडा ११ फुलबारीस्थित घरमा २२ महिने शिशुलाई गत असोज ३० गते करणी गरेको आरोपमा प्रहरी ती युवालाई प्रक्राउ गरेको हो ।

प्रहरीले पक्राउ पर्ने पुरुषको परिचय भने खुलाएको छैन । पक्राउ पर्ने पुरुष पेसाले ड्राइभर हुन् । वडा प्रहरी कार्यालय राम बजारबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । अभियुक्तलाई पक्राउ गरि कानुनी कारबाही अगाडि बढाएको प्रहरीले जानकारी दिएको प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here