23.1 C
Kathmandu
Saturday, July 27, 2024

कुश्मा नगरपालिका १० तमादीमा एउटै घरबाट २ लाख पैसा सहित साढे तिन तोला सुन चोरी

पर्वत । पर्वतको कुश्मा नगरपालिका वडा न. १० तमादीमा बुधबार दिउसो एक घरमा चोरी भएको छ । स्थानिय विश्वराज अर्यालको घरबाट दिउसो करिब २ बजे घरमा राखिएको २ लाख पैसा सहित साढे तिन तोला सुनका गरगहना चोरी भएको स्थानिय सन्तोष पौडेलले जानकारी दिनुभयो । घरका परिवार घरमा ताल्चा लगाएर खेतमा काम गर्न गएका बेला घरको ताल्चा फोडेर चोरले चोरी गरेको पौडेलले बताउनुभयो । फरार चोरहरुको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।यस अघि पनि पर्वतका विभिन्न ठाउँहरुमा चोरीका घटनाहरु घटेका थिए ।

ताजा

Related Articles