इकुसँग रमाए नुवाकोटका दर्शक

321

कलाकार सुुलेमान शंकर ‘इकु’ ले नुवाकोटका दर्शक हँसाएका छन् । नुवाकोटको विदुर नगरपालिकास्थित बट्टार खेल मैदानमा आइतबार आयोजित ‘क्रिसमस शुभकामना तथा सांगीतिक कार्यक्रम’ मा उनले ‘इकु’ गेटअफ मार्फत विभिन्न प्रस्तुतिले दर्शकलाई मनोरञ्जन दिलाएका हुन् ।

उनी चर्चित टेलिभिजन पात्र ‘इकु’ कै गेटअपमा स्टेजमा देखिएका थिए । टेलिभिजनको पर्दामा पात्र देखेको ‘इकु’ प्रत्यक्ष आफ्नो अगाडि पाउँदा कार्यक्रममा सहभागीले ताली र सिट्ठीले स्वागत गरेका थिए । करिव एकघन्टा स्टेजमा रहेका उनले ‘इकु’ पात्रका रुपमा विभिन्न चर्तिकला देखाएका थिए । प्रस्तुति पछि उनीसँग स्टेजमा सेल्फी खिच्नेको भिड समेत लागेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here