23.1 C
Kathmandu
Monday, July 15, 2024

फलेवास नगरपालिकाद्वारा स्वास्थ्य आमा समुहलाई स्ट्रेचर,बोर्ड र परिचयपत्र वितरण !

लक्ष्मण विश्वकर्मा,पर्वत,/पर्वतको फलेवास नगरपालिकाले विभिन्न वडाका स्वास्थ्य आमा समुहलाई स्ट्रेचर,वोर्ड र स्वयंसेवकलाई परिचयपत्र वितरण गरेको छ ।आइतबार वडा नं.२ थापाठाना र वडा नं. ९ भंगरामा एक कार्यक्रमको आयोजना गरि उक्त सामाग्री वितरण गरिएको हो ।आज वडा नं ६ देविस्थानमा पनि उक्त सामाग्री वितरण गरिएको छ । महिलाहरूको स्वास्थ्यका बिषयमा विचार विमर्श र सल्लाह गर्ने उद्देश्यले नगरका सबै वडाका टोलटोलमा स्वास्थ्य आमा समुह गठन गरिएको स्वास्थ्य शाखा प्रमुख रुद्र शर्मा सापकोटाले जानकारी दिनुभयो ।

 

उक्त समुहमा १५ बर्षभन्दा माथिका महिला दिदिबहिनीहरु रहने र समुहमा स्वस्थ्य सम्बन्धि समस्या र समाधानका बरेमा कुराकानी गर्नुपर्ने उहाँले बताउनुभयो । आपतकालीन समस्या समाधानका लागि स्ट्रेचर वितरण गरिएको बताउदै सबैले उपयोग गर्न पाउनेगरि सदुपयोग गर्न आग्रह गर्नुभयो । रोग लाग्नुभन्दा रोग नै नलाग्ने उपायतर्फ सचेतना जगाउन नगरले रचनात्मक गतिविधि गरिरहेको सापकोटाको भनाई छ ।

ताजा

Related Articles