28.1 C
Kathmandu
Monday, July 15, 2024

स्थानीय परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न

पर्वत-पर्वतको फलेवास नगरपालिका ५ खानीगाउँमा स्थानीय परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न भएको छ ।
समितिका पदाधिकारीहरुको उपस्थितिमा उक्त बैठक फलेवास नगरपालिकाको सभाहलमा सोमबार सम्पन्न भएको हो ।
गुड नेवर्स इन्टरनेशनल,सोडेक नेपाल र नवचेतना सामुदायिक विकास संस्था पर्वतले जिल्लामा हालसम्म संचालन गरेका कार्यक्रम र भावी योजनाको बारेमा बैठकमा छ्लफल भएको थियो ।
फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले फलेवास नगरपालिकासँगै जिल्लामा गैरसरकारी संस्थाहरुले सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानको प्रसंशा गर्नुभयो । संस्थाहरुले शिक्षा,स्वस्थ्य र सचेतनाका क्षेत्रमा उल्लेखनीय कार्य संचालन गरेको बताउदै उक्त कार्यहरूलाई थप प्रभावकारी र व्यवस्थित बनाउन उहाँले आग्रह गर्नुभयो ।
गुड नेवर्स इन्टरनेशनल कास्की र पर्वतका संयोजक टुपेन्द्र बस्नेतले संस्थाले बालबालिकाको शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा महत्त्वपूर्ण काम गरेको बताउनुभयो । विदेशी बालबालिकाको सहयोगमा देशका विभिन्न जिल्लाहरुका दलित तथा विपन्न परिवारका बालबालिकाहरुलाई शैक्षिक सामाग्री सहयोग गरेको बताउनुभयो ।
सोडेक नेपाल पर्वतका अध्यक्ष देविप्रसाद तिमिल्सिनाले पर्वतको फलेवास नगरपालिका, कुश्मा नगरपालिका र मोदी गाउँपालिकाका विभिन्न वडाहरुमा संस्थाले विभिन्न सामाजिक कार्य गरेको बताउनुभयो । बिद्यालयलाई kबिद्यार्थीहरुलाई शैक्षिक सामाग्री, स्कुल ड्रेस वितरणसँगै स्थानीय सरकारको साझेदारीमा बिद्यालय तथा सहकारी भवन निर्माण,आमा समुह,उद्योमी, सहकारी तथा क्लबहरुलाई सहयोग गरेको तिमिल्सिनाले बताउनुभयो ।
बैठकमा फलेवास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद श्रेष्ठले सामाजिक परिवर्तनमा गैरसरकारी संस्थाहरुको महत्त्वपूर्ण भुमिका रहेको बताउदै लक्षित वर्ग छनोट गरि दिगो र प्रभावकारी तरिकाले कार्यक्रम संचालन गर्नुपर्ने तर्क राख्नुभएको थियोे ।
कार्यक्रममा फलेवास नगरपालिका वडा नं. ८ का वडाअध्यक्ष मन बहादुर कुवंर,वडा नं. ९ का वडा अध्यक्ष गंगाधर शर्मा, नगरका लेखा अधिकृत यशोदा सुवेदी, शिक्षा अधिकृत कृष्ण आचार्य, कृषि अधिकृत सन्तोष सुवेदी, योजना अधिकृत प्रकाश लम्साल, उद्योग तथा सहकारी शाखा प्रमुख रत्नमणी सुवेदी,महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख बिष्णु चापागाई लगायतले आफ्ना सुझाव तथा प्रस्तावहरु प्रस्तुत गर्नुभएको थियो ।

ताजा

Related Articles