28.1 C
Kathmandu
Monday, July 15, 2024

माटेदेवल जनसहयोगी प्राबिधिक तथा व्यवसायिक माबिको ६२ औं वार्षिकोत्सब सम्पन्न,गुणस्तरीय शिक्षामा जोड !

लक्ष्मण विश्वकर्मा,पर्वत/पर्वतको फलेवास नगरपालिका-४ मुडिकुवा स्थित माटेदेवल जनसहयोगी प्राबिधिक तथा व्यवसायिक माबिको ६२ औं वार्षिकोत्सब तथा अभिभावक दिवस कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । आज विद्यालयमा विविध शैक्षिक तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरि उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले २१ औं सताब्दी बिज्ञान र प्रविधिको युग भएको बताउदै समयसापेक्ष शिक्षामा जोड दिनुपर्ने बताउनुभयो । विद्यालयहरु भौतिक संरचनाले मात्र सम्पन्न भएर नहुने बताउदै गुणस्तरीय शिक्षातर्फ ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । प्रदेश सरकारले ११ वटै जिल्लामा नागरिकका मौलिक हकहरु सुनिश्चित गर्ने कामहरूलाई प्राथमिकता दिएको र शिक्षा, स्वास्थ्य, सडक, सिचाई, बिद्धुत,कृषि, पर्यटन लगायतका क्षेत्रमा उल्लेखनीय विकास भएको अधिकारीले बताउनुभयो ।
फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले नगरपालिका भरिका विद्यालयको शैक्षिक स्तर सुधारका लागि इसिडी कक्षाबाट नै अंग्रेजी मध्यमबाट पठनपाठन सुरु गर्ने पद्धति लागु गरेको बताउनुभयो । गुणस्तरीय तथा व्यवहारिक शिक्षाका लागि शिक्षक, अभिभावक र विद्यार्थीबिच त्रिकोणात्मक सम्बन्ध हुनुपर्ने बताउनुभयो । फलेवास नगरका प्रवक्ता तथा मुडिकुवाका वडा अध्यक्ष टिकाराम गौडेलले बिद्यालयमा राजनीतिको रंग नमिसाई हाम्रोलाई भन्दा राम्रो शिक्षकलाई नियुक्ति गरि बिद्यालयलाई नमुना र उत्कृष्ट बनाउनुपर्नेमा जोड दिनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद लम्सालले सबैको सहयोग र सहकार्यले विद्यालय नमुना बनाउन सफल भएको बताउदै सबैलाई सकारात्मक सहयोगका लागि आग्रह गर्नुभयो । देशमै नमुना बिद्यालयको रुपमा प्राबिधिक विषययर्फ कृषि अध्ययन हुने विद्यालय पछिल्लो समय सबैको रोजाईमा पर्न सफल भएको उहाँको भनाइ थियो । विद्यालयको स्थापना कालमा छात्रबास तथा टहरा निर्माण गरि पठनपाठन सुरु गर्न श्रमदान गरि सहयोग गर्नुभएका स्वर्गीय व्यक्तिहरुको सम्मान स्वरुप विभिन्न व्यक्तहरुलाई मरोपणन्त सम्मान गरिएको बताउनुभयो । कार्यक्रममा बिद्यालयका प्रअ राम प्रसाद रिजालले बिद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।सोही अवसरमा विद्यार्थीहरुको सिकाइलाई समयसापेक्ष प्रविधिसँग जोड्नका लागि एक शिक्षक एक ल्यापटप अभियान अन्तर्गत शिक्षहरुलाई ल्यापटप हस्तान्तरण गरिएको छ । प्राविधिकतर्फ उत्कृष्ट अंक ल्याउने कक्षा ९ का विद्यार्थीलाई लिलाधर गौडेलको परिवारले छात्रवृत्ति वितरण गर्नुभएको थियो । त्यस्तै विद्यार्थीहरुलाई गदाधर स्मृति प्रतिष्ठान,स्वर्गीय रामचन्द्र गौडेल स्मृति पुरस्कार, देविदत्त बटुदेवी गौडेल स्मृति पुरस्कार,दुर्गादत्त हरिकला जैसी स्मृति पुरस्कार लगायतका पुरस्कार वितरण गरिएको थियो । उक्त कार्यक्रममा भुपु विद्यार्थी अर्जुन गौडेलले विद्यालयका शिक्षक तथा विभिन्न व्यक्तिहरुलाई दोसल्लाद्वारा सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा विद्यालयका भुपु विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनेश्वर रेग्मी, गहते अम्बोट आधारभुत विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष चेतनाथ कुँवर, बिद्यालयका भुपु प्रअ रमाकन्त आत्रे,भवानी विद्यापिठ माबिका प्रअ अर्जुन कुमार रेग्मी, गहते अम्बोट आधारभुत बिद्यालयका प्रअ ओमकार पौडेल, समाजसेवी कृष्ण गौडेल, गुगनाथ गौडेल रेग्मी, देविप्रसाद विलासी,मोती शर्मा घिमिरे लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियोे । कार्यक्रममा विद्यार्थीहरुले साहित्य रचना, नृत्य तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद लम्सालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन शिक्षक अर्जुन क्षेत्रीले गर्नुभएको थियोे ।

ताजा

Related Articles