23.1 C
Kathmandu
Monday, July 15, 2024

फलेवासका ६ हजार घरधुरीमा तरकारीको बिउ वितरण ।

पर्वत-नगरलाई तरकारीमा आत्मनिर्भर गराउन पर्वतको फलेवास नगरपालिकाले आइतबारबाट नगरका सबै वडामा तरकारीको बीउ वितरण सुरु गरेको  छ । नगरपालिकाले बिगत ३ बर्षदेखि संचालन गरेको बहुआयामिक कार्यक्रम क्लिन फलेवास ग्रीन फलेवास अभियान अन्तर्गत  घर बगैंचा कार्यक्रम क्लिन हाउस ग्रीन हाउसका लागि बिउ वितरण गरिएको अभियानका संयोजक कमल घिमिरेले जानकारी दिनुभयो ।
नगरपालिकाका प्रत्येक घरधुरीमा रायो, मुला, सलगम, पालुङ्गो, गाजर र धनिया लगायतका तरकारीका बिउ निशुल्क वितरण गरिने र आ -आफ्नो टोल विकास संस्थाका संयोजक र वडा कार्यालयका सामाजिक अभियन्तासँग सम्पर्क गर्नुहुन अनुरोध गरिएको घिमिरेले बताउनुभयो ।

नगरलाई तरकारीमा आत्मनिर्भर गराउन र कृषकहरुलाई व्यवसायिक बनाउने उदेश्यले करिब ४ लाखको लागतको लागतमा बीउ वितरण गरिएको उहाँले बताउनुभयो । नगरपालिकाका भरिका करिब ६ हजार घरधुरीमा प्रति घरधुरीका लागि सत्तरी रुपैया बराबरको छ प्रकारको तरकारीको बिउ वितरण गरिएको हो । अभियान अघिल्ला वर्षमा पनि गरिएको र आर्थिक बर्ष २०७६-०७७ मा हरित फलेवासका नगरका ११ वटै वडामा करिब ४ सय पलाष्टिक टनेल वितरण गरिएको थियो ।
फलेवासी नागरिकको लागि स्वास्थ्य र सम्पति जोगाउन यो कार्यक्रम महत्वपूर्ण रहने र व्यावसायिक  किसानहरुका लागि तरकारी उत्पादन वृद्धि गर्नका लागि छिटै अर्को कार्यक्रम पनि आउने पनि संयोजक घिमिरेले बताउनुभयो ।
नगरपालिकाले निशुल्क तरकारीको बीउ वितरण गरेपछि नगरबासी खुसी भएका छ्न । बिउको सहि सदुपयोग गरि तरकारी उत्पादनमा जोड दिने वडा नं.६ देविस्थानका अगुवा कृषक देविप्रसाद भुसाल बर्मेलिबाले बताउनुभयो ।
तरकारीको बिउ सितोष्ण बागवानी विकास  केन्द्र मार्फा,मुस्ताङ  र पोखरा मालेपाटनबाट ल्याइएको कृषी अधिकृत सन्तोष सुवेदीले बताउनुभयो ।सरकारी फर्ममा उत्पादन गरिएको उन्नत जातको गुणस्तरीय बिउ लिएर किसानहरुलाई वितरण गरिएको उहाँले बताउनुभयो ।
बिउ वितरण कार्यक्रम कार्तिक २८ गतेबाट सुरुवात भएको र दुइ, तिन दिन भित्रमा सबै वडामा वितरण गरिसकिने घिमिरे बताउनुभयो ।

ताजा

Related Articles