23.1 C
Kathmandu
Monday, July 15, 2024

बाग्लुङको दमेकमा आगलागी हुँदा गोठ नस्ट,बस्तुभाउ जलेर मरे!

पर्वत-बाग्लुङको जैमिनी नगरपालिका वडा नं.३ दमेक नौला गाजाको दह स्थित रुद्र बहादुर छन्त्यालको गोठमा आगलागी भएको छ । आइतबार राती भएको आगामीमा परेर बस्तुभाउको मृत्यु भएपनि मानवीय क्षति भने नभएको वडा सदस्य भैर बहादुर छन्त्यालले जानकारी दिनुभएको छ ।
आगलागीमा परेर १ बाख्रा र ६ वटा कुखुरा जलेका छन भने एउटा पाडो सख्त घाइते भएको उहाँले बताउनुभयो । २ वटा भैंसीलाई भने बचाउन सफल भएको उहाँको भनाइ छ । आगलागीमा परेर नल पराल र घासपात नस्ट भएको छन्त्यालको भनाइ छ । हिउँ परेका बेला बस्तुभाउलाई न्यानो बनाउन गोठमा आगो बाल्दा आगलागी भएको बताइएको छ ।
जैमिनी नगरपालिकालाई घटनाको बारेमा जानकारी गराएको र आगलागी पीडितलाई सहयोग पहल गरिएको वडा सदस्य छन्त्यालले जानकारी दिनुभयो ।

ताजा

Related Articles