28.1 C
Kathmandu
Tuesday, July 16, 2024

फलेवासमा ४ जनामा कोरोना संक्रमण पुष्टि,२३ गतेसम्म कार्यालय बन्द हुने ।

पर्वत-पर्वतको फलेवास नगरपालिकामा हिजो र अस्ति गरि ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वडा न.३ शंकरपोखरीमा ९ जनाको परिक्षण गर्दा १ जना स्वास्थ्यकर्मी र नगरमा १६ जनाको परिक्षण गर्दा ३ जना कर्मचारीमा संक्रमण देखिएको स्वास्थ्य शाखा प्रमुख रुद्र शर्मा सापकोटाले जानकारी दिनुभयो । संक्रमितलाई घरमै सुरक्षीत रहन आग्रह गरिएको बताउदै उहाँहरुको स्वास्थ्य अवस्था सामान्य रहेको सापकोटाले बताउनुभयो । कोरोना भाइरसको संक्रमणबाट जोगिन सबैलाई स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन उहाँले आग्रह गर्नुभएको छ ।कोरोनाको दोस्रो लहर आएपछि नगरमा २ पटक परिक्षण गरिएको र थप परिक्षण पनि गरिने उहाँको भनाई छ ।

त्यस्तै कोरोना रोकथाम तथा नियन्त्रणका लागि पर्वतको फलेवास नगरपालिकामा १९ गतेदेखि २३ गतेसम्म अत्यावश्यक सेवा बाहेका नियमित सेवाहरु बन्द गरिएको छ । नगरप्रमुख पदमपाणी शर्माले एक सूचना जारी गर्दै ४ दिन नगरका अत्यावश्यक कार्य बाहेक अरु सेवा बन्द गरिएको जानकारी गराउनुभएको हो । नगर क्षेत्रमा अत्याधिक सेवाग्राहीको भिडभाड हुने नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालयहरु, सेवा केन्द्रहरु समेत बन्द गरिएको बताइएको छ । जिल्लामा तिब्र गतिमा फैलिएकोले कोरोना भाइरस नगरको समुदायस्तरमा फैलिन नदिन बिद्यालयमा भौतिक रुपमा उपस्थित भै पठनपाठन गर्ने कार्य पनि बन्द गरिएको छ । फलेवास नगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणमा लागि विभिन्न रणनीति तयार गरि कार्य गर्दै आएको सुचनामा उल्लेख्य गरिएको छ ।

ताजा

Related Articles