23.1 C
Kathmandu
Monday, July 15, 2024

आगामी बर्षको बजेटका बारे पर्वतको महाशिलामा जुम बैठकद्वारा छलफल,मोदीमा फोन र इमेलमा रायसुझाव माग ।

पर्वत-पर्वतको महाशिला र मोदी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८-०७९ को नीति तथा कार्यक्रम र बजेटका बारेमा राय सुझाव माग गरेका छन् । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका बारेमा महाशिला-५ लुंखुदेउरालीमा वैकल्पिक बिधिबाट छ्लफल गरिएको छ । विगतक बर्षहरुमा सरोकारवालाको भौतिक उपस्थितमा बैठक बसि बजेटका बरेमा छलफल गरिएकोमा यसपालि कोरोना महामारीका कारण अनलाइन प्रबिधि जुम मार्फत नीति,कार्यक्रम र बजेटका बारेमा छलफल गरिएको हो । आगामी आर्थिक बर्षको बजेटका बारेमा जुम बैठकद्वारा छलफल गरि सरोकारवालासंग राय सुझाव माग गरिएको वडा अध्यक्ष तथा गाउँपालिका प्रवक्ता जीवन उचै ठकुरीले जानकारी दिनुभयो । बुधबार भएको जुम छलफलमा शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, सिचाइ, कृषी लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर सरोकारवालाहरुले सुझाव दिएका उहाँले बताउनुभयो । विभिन्न व्यक्तिहरुबाट ७२ वटा सुझाव संकलन भएको बताउदै ती सुझावलाई एकीकृत गरेर आगामी बजेट र कार्यक्रममा समावेश गरिने ठकुरीको भनाइ छ । स्थानीय सरकारहरु यतिबेला आगामी आर्थिक बर्षको बजेट,नीति कार्यक्रम सार्वजनिक गर्ने तयारीमा जुटेका छन् । कोरोनाका कारण विगतमा जस्तो गाउँ टोलमा भेला गरेर स्थानीयको सुझाव माग गर्न नसकेपछि केहि स्थानीय तहले फोन र इमेलबाट पनि राय तथा सुझाव माग गरेका छन् ।
यसैबीच मोदी गाउँपालिकामा आगामी आर्थिक बर्ष २०७८/०८ को नीति तथा कार्यक्रम र बजेटका बारेमा फोन र इमेलबाट राय तथा सुझाव माग गरिएको छ ।
कोभिड-१९ का कारण वडा र टोलटोलमा पुगेर योजना माग र सुझाव संकलन गर्न असम्भव भएकाले पालिकाको फोन नम्बर र इमिलेमा लिखित तथा मौखिक रायसुझाव पेश गर्नका लागि गाउँपालिका अध्यक्ष प्रेम पौडेलले अनुरोध गर्नुभएको छ ।

ताजा

Related Articles