गण्डकी प्रदेशकै उत्कृष्ट लेखक पर्वतमा,शर्माद्वारा लेखिएका पुस्तक देशव्यापी लोकप्रिय !

1866

पर्वत- पर्वतका एक प्राध्यापकले दुई दर्जन भन्दा बढी विभिन्न तहका पाठ्यपुस्तक लेख्न सफल हुनुभएको छ । सहर तथा केन्द्रमा मात्र रहेर बौद्धिक कार्य गर्न सकिन्छ भन्ने मान्यता तोड्दै पर्वतका लेखक लाल प्रसाद शर्माले उत्कृष्ट पाठ्यपुस्तक लेख्न सफल हुनुभएको हो । देशका ठुला सहर तथा काठमाडौंका राम्रा क्याम्पसमा अध्यापन गराउने प्राध्यापकबाट लेखिएका पाठ्यपुस्तक पठनपाठन भएको वर्तमान परिवेशमा उहाँले जिल्लामै रहेर लेखेका दर्जनौं पुस्तक अहिले देशभरका विद्यार्थीहरुको हातहातमा पुगेका छन् ।

आफुले लेखेका पुस्तकहरु नेपाल सरकार शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालय पाठ्यक्रम विकास केन्द्र बाट स्विकृत भै प्रकाशनमा आएका शर्माले स्वतन्त्र पोष्टलाई जानकारी दिनुभयो । । पर्वतमै रहेर बौद्धिक क्षेत्रमा बढावा दिनुभएका शर्माका पुस्तक देशव्यापी रुपमा लोकप्रिय समेत भएका छन् । हालसम्म शर्माले स्नातक तहका ७ पाठ्यपुस्तक र १० वटा परिक्षा सहयोगी पुस्तक, शिक्षक सेवा आयोगका २ पाठ्यपुस्तक, शिक्षक अनुमानि पत्र परिक्षाका २ पाठ्यपुस्तक, कक्षा ११ र १२ का ऐच्छिक अंग्रेजी व्याकरणका पुस्तक गरि हालसम्म २६ वटा पुस्तक लेखेर गण्डकी प्रदेशमै उत्कृष्ट लेखकको रुपमा आफ्नो परिचय दिनुभएको छ । उहाँका पाठ्यपुस्तक देशभरका बिद्यालय र करिब ३ सय वटा भन्दा बढी क्याम्पसमा पठनपाठन हुने गरेका छन् ।

पर्वतको साविक कुर्घा गाविस, हाल फलेवास नगरपालिका वडा नं. १० कुर्घामा वि .सं. २०४१ साल जेठ १४ गते जन्मनुभएका शर्मा पुस्तक लेखनमा अब्बल र अग्रस्थानमा रहनुभएको छ । प्राध्यापक शर्मा साबिक धौलागिरी अञ्चलकै सबैभन्दा पुरानो सामुदायिक क्याम्पस, फलेवास नगरपालिका वडा नं. ६,देविस्थानमा अवस्थित पर्वत बहुमुखी क्याम्पसमा विगत १३ बर्षदेखी अध्यापनरत हुनुहुन्छ । ज्ञान नै शक्ति हो भन्ने मान्यतालाई अवलम्बन गर्ने शर्माले ज्ञानको बिक्री गरि जिवनयापन गर्नुको साथै पर्वत जिल्लासंगै देशकै बौद्धिक क्षेत्रलाई फराकिलो बनाउनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here