25.1 C
Kathmandu
Monday, July 22, 2024

फलामखानीका १ सय ६० जनालाई न्यानो बलाङकेट वितरण !

पर्वत-पर्वतको महाशिला गाउँपालिका वडा नं. ६, फलामखानीका २ सय ६० जनालाई न्यानो कपडा बलाङकेट वितरण गरिएको छ । फलामखानीको वडा सदस्य तथा समाजसेवी समिर गुरुङको पहल तथा समाजसेवी सिद्धार्थ गुरुङको संयोजकत्वमा उक्त कपडा वितरण गरिएको हो ।
फलामखानीमा चिसो मौसममा अत्याधिक चिसो हुने भएकाले गाउँका आमाबुबाहरुलाई चिसबाट जोगाउने हेतुले चिनका सहयोगी व्यक्तिहरुसँग कपडा उपलब्ध गराइदिन आग्रह गरिएको र उक्त न्यानो कपडा गत सोमबार वितरण गरिएको पहलकर्ता तथा वडा सदस्य समिर गुरुङले जानकारी दिनुभएको छ । जाडो मौसममा न्यानो बलाङकेट पाएपछि स्थानीय खुसी भएको उहाँले बताउनुभयो ।
सोही अवसरमा कोरोनाबाट सुरक्षित रहनका लागि स्थानीयलाई मास्क समेत वितरण गरिएको थियोे ।

ताजा

Related Articles