23.1 C
Kathmandu
Monday, July 15, 2024

रोटरी इन्टरनेशनलको १ सय १८औं स्थापना दिवस, रोटरी क्लव अफ पर्वतद्वारा पर्वत अस्पतालका विरामीलाई फलफुल वितरण ।।

आज फ्रेवुरी २३ तारेखका दिन विश्वभर इन्टरनेशनल रोटरी डे को रुपमा विभिन्न कार्यक्रम सहित मनाईएको छ । सन १९०५ फ्रेवुरी २३ तारेखका दिन फाउल ह्यारिस नाम गरेका कानूनी व्यवसायीको पहलमा अमेरिकाको शिकागो सहरवाट रोटरी इन्टरनेशनलको शुभारम्भ भएको थियो ।

विश्वकै पुरानो मानवीय सेवामुलक संस्थाको रुपमा परिचित रोटरी इन्टरनेशनलले विश्वका २ सय ११ भन्दा वढि राष्ट्रमा आफ्नो संस्थागत संरचना विस्तार गरेको छ । सुशासन र मानवीय सेवामा नमुना संस्थाको रुपमा स्थापित रोटरी इन्टरनेशनल अन्र्तगत विश्वभर झण्डै ३३ हजार क्लवमा १३ लाख भन्दा वढि स्वयम्सेवीहरु आवद्ध भई मानवीय सेवा गर्दै आई रहेका छन् । आज विश्वभर विश्वरभर रोटरीको १ सय १८औं स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रम भई रहेका छन् ।

नेपालमा सन १९५९ देखि रोटरी गतिविधी शुरभारम्भ भएता पनि सन २००८ मा छुट्टै डिष्ट्रिकको रुपमा रोटरी डिष्ट्रिक ३२९२ को मान्यता प्राप्त गरे पश्चात रोटरी गतिविधी वढी रहेको छ । देशभर ढेड सय क्लवहरुमा ४ हजार ५ सय भन्दा वढि स्वयम्सेवीहरु मानवीय सेवामा समर्पित रँहदै आउनु भएको छ ।

सन २०१० मा सामाजिक अभियान्त विश्व प्रकाश प्रसाईको नेतृत्वमा रोटरी क्लव अफ पर्वत गठन भई अन्तराष्ट्रिय मान्यता प्राप्त गरेको छ । क्लवले स्थापनाकाल देखि शिक्षा, स्वास्थ्य एवम सामाजिक विकासको क्षेत्रमा काम गर्दै आई रहेको छ ।यसै विच रोटरी क्लव अफ पर्वतले रोटरी इन्टरनेशनलको १ सय १८औं स्थापना दिवसको अवसरमा पर्वत अस्पतालमा रहेका विरामीहरुलाई फलफुल एवम् पोषण खाद्य सामाग्रीहरु वितरण गरेको छ ।

वुधवार पर्वत अस्पतालमा क्लवका अध्यक्ष उत्तम प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न संक्षिप्त कार्यक्रममा प्रमुख अतिथिको आसनवाट वोल्दै अस्पताल विकास समितिका अध्यक्ष शंकर गिरीले रोटरी क्लव अफ पर्वतले विगतमा पर्वत अस्पतालसंगको सहकार्यमा विभिन्न मावनीय सेवाका कार्यहरु गर्दै आएको र भविस्यमा पनि सहकार्य जारी रहने वताउनु भयो ।

कार्यक्रममा पर्वत अस्पतालका डाक्टर ढुण्डीराज पौडेल, क्लवका पुर्व अध्यक्ष शिव शर्मा पौडेल, आगामी अध्यक्ष कृष्ण प्रसाद शर्मा, अध्यक्ष नोमिनि विमल पौडेल, उपाध्यक्ष विजय चापागाई, कोषाध्यक्ष राजेश पौडेल, इनरह्वील क्लव अफ पर्वतका उपाध्यक्ष खिममायाँ पाईजा गिरी, नेपाल प्रेस युनिएन पर्वतका उपाध्यक्ष ठाकुर रसाईली लगायतले रोटरी क्लव अफ पर्वतले समाजमा पु¥याएको योगदानको चर्चा गर्नु भएको थियो । रोटरी अन्तर्राष्ट्रिय दिवसका अवसरमा आयोजित कार्यक्रम पुर्व अध्यक्ष गणेश पौडेलको स्वागत एवम् क्लवका सचिव योगराज गिरीको सञ्चालनमा सम्पन्न भएको क्लवका आईटी अफिसर युधिष्ठिर भुषालले जानकारी दिनु भएको छ ।

ताजा

Related Articles