28.1 C
Kathmandu
Monday, July 15, 2024

हरिवोधनी ठुला एकदशीको अवसरमा पर्वतको महाशिला ५ दुक्तानमा भब्य मेलाको आयोजना

पर्वत । पर्वतको महाशिला गाउँपालिका वडा नं ५ दुक्तानमा हरिवोधनी ठुला एकदशीको अवसरमा एकदशीमेलाको आयोजना गरिएको छ । स्थानिय बौद्ध युवा क्लब दुक्तानले “अनुशासन गतिशिलता,निरन्तरता हाम्रो प्रतिवद्धता : समृद्ध समाज निर्माणका लागि युवा सक्रियता आजको आश्यकता” भन्ने मुल नाराका साथ मेलाको आयोजना गरेको हो । यहि कार्तिक २८ गते देखि ३ दिन सञ्चालन हुने मेलामा खुल्ला वडा स्तरिय पुरुष भलिबल प्रतियोगिता संगै राष्ट्रिय तथा स्थानिय कलकारहरुको साथमा सास्कृतिक कार्यक्रमको आयोजना गरेको क्लबका सदस्य युवाराज गुरुङ सन्तुले जानकारी दिनुभयो । भलिबल प्रतियोगितामा प्रथम हुनेले ५५ हजार ट्रफि, मेडल र प्रमाणपत्र, द्धितिय हुनेले ३० हजार ट्रफि, मेडल, प्रमाणपत्र र तृतिय हुने टिमले १५ हजार ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक बिमल गुरुङले जानकारी दिनुभयो । गुरुङले कोरोना कहर पश्चातको प्रतियोगिता भएकाले पनि धेरै टिमको सहभागिता रहनेमा विश्वसत रहेको बताउनुभयो । कार्यक्रम समापन्नका दिन स्थानिय गुरुङ समुदायको विशेष सास्कृतिक प्रस्तुति रहने पनि आयोजकले जनाएको छ । साथै क्लबले भलिबल प्रतियोगिताको प्रथम र द्धितिय पुरुस्कार प्रायोजन गर्ने क्लबका सदस्य हाल हङकङ रहेका युवाराज गुरुङ सन्तुलाई, तृतिय पुरुस्कार प्रायोजक दुक्तान निवासी हाल जापान रहेका विनोद खनाल लगायतका सहयोगी मनलाई आभार प्रकट गरेको छ ।

ताजा

Related Articles