14.1 C
Kathmandu
Sunday, February 8, 2026

भंगरामा वडा कार्यालय भवन निर्माण सम्पन्न,नगरपालिकाद्वारा अनुगमन !

पर्वत-पर्वतको फलेवास नगरपालिका-९ भंगराको नवनिर्मित वडा कार्यालय भवनको निर्माण कार्य सम्पन्न भएको छ । बि.सं. २०७७ पौषबाट सुरु गरिएको भवन निर्माण कार्य हालै सम्पन्न भएको हो । वडाको केन्द्र काउलेमा निर्माण भएको भवनमा सभाहल सहित ४ वटा कोठा रहेका छन् । प्रदेश सरकार र नगरपालिकाको साझेदारीमा १ करोड ५ लाखमा ३४.६ प्रतिशत छुटमा निर्माण सम्पन्न भएको वडा अध्यक्ष गंगाधर शर्माले जानकारी दिनुभयो । भवन निर्माण सम्पन्न भएपनि कार्यालयको व्यवस्थापन गरेर उद्घाटन पछि नवनिर्मित भवनबाट कार्य शुभारम्भ गरिने उहाँले बताउनुभयो ।उक्त भवन अघि र पछि वाल निर्माण गरिएको छ । नगरपालिकाको करिब १७ लाख र स्थानीयको ३ लाख बराबरको श्रमदानमा वाल निर्माण गरिएको उपभोक्त समितिका अध्यक्ष चन्द्र बहादुर क्षेत्रीले बताउनुभयो ।
वडा कार्यालय भवन निर्माणका लागि स्थानीय मन बहादुर पौडेल क्षेत्रीले निशुल्क २ रोपनी जग्गा उपलब्ध गराउनुभएको थियो भने थप १ रोपनी जग्गा पास हुन बाकी रहेको छ ।
उक्त भवनको सोमबार नगरका प्रमुख प्रशासकीय अधिकृत कृष्ण सापकोटा लगायतको टोलिले अनुगमन गरेको छ । वडा कार्यालय भवन गुणस्तरीय तवरले समयमै निर्माण कार्य सम्पन्न भएको सापकोटाले बताउनुभएको छ ।वडामा सुबिधा सम्पन्न भवन निर्माण भएपछि सेवा प्रबाहमा सहज हुने उहाँको भनाइ छ ।
नगरपालिकाले प्रमुख प्रशासकीय भवन र अन्य वडा कार्यालय भवनहरुको निर्माण कार्यलाई तिब्रता दिएको उहाँले बताउनुभयो । नगरको वडा नं. २,३,८,१० र ११ मा पनि वडा कार्यालय भवन निर्माणको काम धमाधम भैरहेको र वडा नं.५ र ७ मा जग्गा खोजी भैरहेको उहाँले बताउनुभयो । वडा नं. १,४,र ६ मा भने वडा कार्यालय निर्माण भैसकेका छन् । नगरमा संचालन भएका हरेक योजनालाई समयमै सम्पन्न गर्न र हरेक कार्यलाई गुणस्तरीय र जनतामुखी बनाउन अनुगमनलाई तिव्रता दिएको नगरका योजना अधिकृत प्रकाश लम्सालले बताउनुभयो ।
अनुगमन टोलिमा सापकोटा सहित नगर शिक्षा अधिकृत कृष्ण आचार्य, योजना अधिकृत प्रकाश लम्साल, इन्जिनियर सुवास पौडेल,केशव चालिसे र पत्रकार लक्ष्मण बिश्वकर्मा रहनुभएको थियो । यसैबीच वडा नं. १ कार्किनेटामा निर्माण हुँदै गरेको जेष्ठ नागरिक भवनको समेत उक्त टोलिले अनुगमन गरेको थियो ।

 

ताजा

Related Articles