29.1 C
Kathmandu
Saturday, July 27, 2024

कुश्मामा जिपले मोटरसाइकललाई ठक्कर दिदा २ जना घाइते !

पर्वत-पर्वतको कुश्मा नगरपालिका-६ साझा चोकमा जिपले मोटरसाइकललाई ठक्कर दिदा २ जना घाइते भएका छन् ।
मोटरसाइकलमा सवार कुश्मा खरेहका अन्दाजी ४० बर्षिय प्रेम लामा र उहाँको श्रीमती अन्दाजी ३५ बर्षकी माइती लामा घाइते भएका हुन् ।
कुश्माबाट बाग्लुङतर्फ जादै गरेको ना १ ज ६९७० नम्बरको जिपले ध १ प ५११२ नम्बरको बाइकलाई पछिबाट ठक्कर दिदा उनिहरु घाइते भएका हुन ।
घाइतेहरुको हात, खुट्टा र पेटमा चोट लागेको र उपचारका लागि जिल्ला अस्पताल पर्वत पठाइएको प्रहरीले जनाएको छ । बाइकलाई ठक्कर दिएको जिप र चालकलाई नियन्त्रणमा लिएको र घटनाको बारेमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका सुचना अधिकारी राजेन्द्र अधिकारीले बताउनुभयो ।

ताजा

Related Articles