10.1 C
Kathmandu
Monday, February 9, 2026

पर्वत काँग्रेस सुकिला–मुकिलाहरुले मात्र क्याप्चर गरे : पुर्व महासमिति सदस्य पौडेल

पर्वत । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत पर्वत जिल्लाको अधिवेशन सदरमुकाम कुश्मा बजारमा शुरु भएको छ । अधिवेशन शुरुभए संगै पार्टीको नेतृत्व तहमा पुग्ने आकाङक्षी नेताहरुले मनोनयन दर्ता गराउने दौँडधुपमा छन् तर लामो समय काँग्रेसको राजनिति गरेर महासमिति सदस्य समेत बनेका फलेवास नगरपालिका ६ देविस्थानका गंगाराज शर्मा पौडेलले भने पार्टीमा गुट उप–उपगुट र अराजनितिक कुसंस्कार गाँजिएको भन्दै काँग्रेसको सुदुर भविस्य बचाउँनका लागि आफुले जिल्ला अधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी नदिने घोषण गरेका छन् । उनले भने “काँग्रेसमा मैले विद्यार्थी काल देखिनै राजनिति गरे प्रजातन्त्र ल्याउँनका लागि धेरै आन्दोलनमा सहभागि भए तर अहिले सुकिला—मुकिलाहरुले मात्र पार्टी क्याप्चर गरेका छन् यो बेथिति देखेर मलाई उम्मेदवार बन्न मन लागेन ।” पौडलले यसपालिको अधिवेशनको निर्वाचनमा काँग्रेसको आर्दश जोगाउनका लागि सच्चा प्रजातन्त्रवादी उम्मेदवारलाई मतदान गर्न सवै प्रतिनिधिहरुलाई अपिल गरेका छन् ।
(हेर्नुहोस विज्ञप्ति)

 

ताजा

Related Articles