25.1 C
Kathmandu
Monday, July 22, 2024

मोदीमा ३ दिने लघु,घरेलु कृषि पशु उद्यम प्रदशनी, परिणाममुखी काम गरेका छौँ-अध्यक्ष पौडेल

पर्वत-पर्वतको मोदी गाउँपालिका-२ पातीचौरमा ३ दिने लघु,घरेलु कृषि पशु उद्योग प्रदशनी कार्यक्रम सुरु भएको छ ।मोदी गाउँपालिकाको आयोजनामा उक्त कार्यक्रम आजबाट सुरु भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि मोदी गाउँपालिका अध्यक्ष प्रेम पौडेलले पालिकाको विकास र समृद्धिका लागि उद्यम क्षेत्रमा देशभरकै स्थानीय सरकारहरुले भन्दा नमुना र परिणाममुखी कार्य गरेको बताउनुभएको छ ।
शिक्षा,स्वास्थ्य, पुर्वधारसँगै कृषि,पर्यटनलाई जोड दिदै स्थानीय स्रोत साधनको प्रयोग गरि उद्यमशिलताका कार्यक्रमहरु संचालन गरेको उहाँले बताउनुभयो । तिनै तहका सरकार र कर्मचारीहरुसँग सकारात्मक समन्वय सहकार्य गर्दै जनमुखी कार्यक्रम संचालन गरेको पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो ” चुनावताका जनतालाई बोलेका कुरा पूरा गर्दै छौं,हाम्रा गतिविधि बाहिर त्यति प्रचार नभएपनि हामी परिणाममुखी काम गरेका छौँ । “
लघु,घरेलु उद्योम कृषि र पशु उद्यमको प्रबर्द्धन र बजारीकरणमा उक्त कार्यक्रमले टेवा पुर्‍याउने पौडेलको भनाइ थियो । त्यस्तै कार्यक्रम बोल्दै पालिकाकी उपाध्यक्ष तथा उक्त कार्यक्रमका संयोजक सेती महतले सबैसँग सहकार्य गर्दै योजनाबद्ध तरिकाले दिगो र प्रभावकारी कार्यमा जोड दिएको बताउनुभयो । आफू पनि एक उद्योगी भएको र सबैलाई उद्यम लग्न प्रोत्साहन गर्दै उद्यमशीलको विकास र प्रबर्द्धनका लागि नमुना र अनुकरणीय कार्य गर्दै आइरहेको बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत किसान बहादुर क्षेत्रीले स्थानीय उत्पादनको प्रवर्द्धन, उद्योमीहरुलाई प्रोत्साहन, बजारीकरण र प्रचारप्रसार गर्ने उदेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । स्थानीय उत्पादन, पर्यटन, कला र सांस्कृतिकको प्रबर्द्धनमा उक्त कार्यक्रमले टेवा पुर्‍याउने उहाँले बताउनुभयो ।
प्रदर्शनीमा १५ वटा स्टलमा पालिका भित्रका ८ वटै वडाहरुमा उत्पादित बस्तुहरुलाई समावेश गरिएको छ । पालिकाभित्रका लघु उद्योगमा उत्पादित अल्लोका सामनहरु,ढाका तथा उनीका होजियारी सामाग्रीहरु,नेपाली हाते कागज,कृषि उपज,सिस्नो पाउडर,लप्सीका परिकार, होम स्टेका परिकारहरु प्रदर्शनीमा राखिएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका सदस्य नन्दलाल सुवेदी, मोदी गाउँपालिका वडा १ का वडा अध्यक्ष गौ प्रसाद गुरुङ, वडा नं ७ का वडा अध्यक्ष बसन्त बहादुर गुरुङ, पालिकाको घरेलु तथा सामाजिक विकास शाखा प्रमुख सीता शर्मा लगायतले बोल्नुभएको थियो ।
गाउँपालिका उपाध्यक्ष तथा कार्यक्रम संयोजक सेती महतको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन संचारकर्मी तथा कलाकार कृष्ण अखेलीले गर्नुभएको थियो । कार्यक्रम ११ गतेसम्म संचालन हुनेछ । कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांस्कृतिक प्रस्तुति पनि रहनेछ ।

ताजा

Related Articles