21.1 C
Kathmandu
Friday, April 17, 2026

मृगौला पीडित सुनारको उपचारका लागि संकलित रकम हस्तान्तरण, थप सहयोगको अपिल!

पर्वत-पर्वतको महाशिला गाउँपालिका-१ होश्राङदी अर्गाउदी निवासी मृगौला पीडित नेत्र सुनारको उपचारका लागि संकलित रकम हस्तान्तरण गरिएको छ । सहयोगी अभियन्ता सुमित सुनार,सुनिता सुनार र पत्रकार लक्ष्मण विश्वकर्माले देश तथा विदेशमा रहनुभएका विभिन्न सहयोगी महानुभावहरुसँग संकलन गर्नुभएको १ लाख ८६ हजार ४ सय २० रुपैयाँ बैंक मार्फत पठाइएको हो ।  आफुलाई पनि विभिन्न सहयोगदाताहरुले करिब ८० हजार सहयोग पठाएको पीडित सुनारले बताउनुभएको छ । मृगौला प्रत्यारोपणसम्मको उपचारका लागि करिब १०।१२ लाख लाग्ने भएकाले थप सहयोगका लागि पीडितले सबैसँग अपिल गर्नुभएको छ । उहाँको अहिले आर्थिक अभावमा उपचारमा समस्या भएको छ । हालसम्मको उपचारमा भएको पैसा सबै सकिएकाले सहयोगको अपिल गर्नुको विकल्प नभएको सुनारले बताउनुभएको छ ।
लामो समय वैदेशिक रोजगारीमा आफ्नो ज्यानको प्रवाह नगरी परिवार पाल्न सक्रिय रहनुभएका उहाँको अचानक दुबै मृगौला फेल भएपछि अहिले जीवन मृत्युको दोसाँधमा छट्पटीरहनु भएको छ ।
उहाँले भन्नुभएको छ” म बाच्न चाहान्छु, मेरा बालबालिका हुर्काउन चाहान्छु,बाचेर समाज र राष्ट्रका लागि केहि योगदान गर्न चाहान्छु । सहयोग गरि मलाई बचाउनुहोस ।” उहाँको अहिले शिक्षण अस्पताल काठमाडौमा उपचार भैरहेको छ । मृगौला प्रत्यारोपणका लागि उहाको श्रीमतीले मृगौला दिनुहुने भएको छ । तर आर्थिक अभावका कारण प्रत्यारोपणमा समस्या भएको छ ।
दुख पिडामा परेका दिनदुखी,असहाय तथा दीर्घरोगीलाई सहयोग गर्नु नै सबैभन्दा ठुलो मानवीय धर्म हो।  मृगौला पीडित सुनार अहिले आर्थिक अभाव भएर उपचारमा समस्या भै जीवन मृत्युको दोसाँधमा हुनुहुन्छ ! त्यसकारण आफ्नो ठाउँबाट सक्दो सहयोग गरि उहाँको जीवन बचाइदिनुहुन सम्पुर्ण महानुभावहरुमा हार्दिक सहयोग गर्दछौं । ३२ बर्षिय सुनारका ३ वटा कलिलाला छोराछोरी रहेका छन् ।

सहयोग गरि छोरालाई बचाइदिन बुबाको अपिल !
मृगौला पीडित नेत्र बहादुर सुनारका बुबा लिला बहादुर बिकले आफ्नो छोराको जीवन बचाइदिन सबै आफान्तजन र सहयोग मनहरुलाई अपिल गर्नुभएको छ । उहाले भक्कानिदै भन्नुभयो “सबैभन्दा ठूलो सत्रु रोग रैछ नसोचेको अचानक छोराको दुबै मृगौला खराब भयो, हाम्रो आस्था र भरोसा नै छोरा हो । अब कसरी हुन्छ बचाइदिन सबैसँग आग्रह गर्दछु । “हामीलाई पाल्ने हाम्रो परिवारको मियो नै ढल्न लाग्यो छोराको जीवन बचाइदिन सबैलाई अनुरोध गर्दछु बिकले भन्नुभयो ।” दिपक बिकका श्रीमती,२ छोरी र १ छोरा रहेका छन् । बुबा,भाउजू र दुई छोरीसमेतलाई उहाँले नै पालनपोषण गर्दै आउनुभएको थियो । कमाउने र परिवार पाल्ने व्यक्ति नै जीवन मृत्युको दोसाँधमा भएपछि परिवार चिन्तित भएका छन् । सुनारको अहिले शिक्षण अस्पताल काठमाडौं उपचार भैरहेको छ ।

“आपत बिपत्तिमा परेकालाई सहयोग गर्नका लागि पीडितको आफन्त, नाता सम्बन्ध हुनु पर्छ भन्नू छैन साथै सहयोगी मनलाई भूगोल,जात धर्म केहिले पनि छेक्न सक्दैन, केबल स्वच्छ हृदय र मानवीयताको भावना भए पुग्छ ! त्यसैले सबैले सक्दो सहयोग गरेर उहाँको जीवन बचाइदिनुहुन सम्पुर्णमा हार्दिक अनुरोध गर्दछौं ।

सहयोगका लागि सम्पर्क
मृगौला पिडित नेत्र बहादुर सुनार (दिपक)- ९८१०२००२३२
राष्ट्रिय वाणिज्य बैंक टेकु शाखा, पीडितको दिदि यामु गदाल-खाता नं. १६६०१०००१०७२९०१०
सुमित सुनार-९८२१३९१५६०
सुनिता सेन्चुरी ९८६९०१२७४३
लक्ष्मण बिश्वकर्मा- ९८५७६७५१०१

ताजा

Related Articles