23.1 C
Kathmandu
Monday, July 15, 2024

पर्वतका सापकोटा परिवारद्वारा मन्दिरलाई ५० हजार सहयोग !

पर्वत-पर्वतको फलेवास नगरपालिका ४ मुडिकुवा रुग्दीमा एक परिवारले मन्दिरमा दियो र पाला स्थापना गर्नका लागि ५० हजार सहयोग गर्नुभएको छ । स्थानीय इन्द्र प्रसाद सापकोटाको परिवारले स्वर्गीय बुबा देविप्रसाद सापकोटाको स्मृतिमा योगेश्वरी नवदुर्गा भगवती मन्दिरमा दियो पाला स्थापना गर्नका लागि उक्त रकम सहयोग गर्नुभएको हो ।
स्थानीयको आस्था र विश्वासको धरोहर धार्मिक स्थल मन्दिरलाई व्यवस्थित बनाउन उक्त रकम सहयोग गरिएको इन्द्र प्रसाद सापकोटाले जानकारी दिनुभयो । मन्दिरको व्यवस्थापन र संरक्षणका लागि बुबाको स्मृतिमा मन्दिरलाई सहयोग गर्न पाउदा खुसी लागेको उहाँले बताउनुभयो ।

ताजा

Related Articles