19.1 C
Kathmandu
Friday, April 17, 2026

आर्ट नेपालको आयोजनामा “बालबालिकाको सिर्जनात्मक बिकासमा रङ्गमञ्च” विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

पर्वत । पर्वतको कुश्मामा “बालबालिकाको सिर्जनात्मक बिकासमा रङ्गमञ्च” विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । पर्वत गुरुकुल एकेडेमीको प्राङगणमा पोखरा थिएटरको सहकार्यमा आर्ट नेपाल कुश्माले बालबालिकाको सिर्जनात्मक बिकास गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरेको हो । अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकांस रङ्गप्रेमीहरुले समाजमा चेतना बढाउनका लागि रङ्गमञ्चले ठुलो भूमिका खेल्ने बताए । उनीहरुले पछिल्ला दिनमा नाटकको महत्व हराउँदै गएकोमा चिन्ता व्यक्त गर्दै आजका बालबालिका नै भोलिका देशका कणदार भएकाले उनीहरुलाई हाम्रा कला संस्कृतिका बारेमा बुझाउँनुपर्नेमा जोड दिए ।

कार्यक्रममा पोखरा थिएटरका प्रबन्ध निर्देक परिवर्तन , शिक्षा विकास एवं समन्वय इकाई पर्वतका प्रमुख उद्धिमराज पौडेल, साहित्यकार इन्द्र कुमार विकल्प, पर्वत अस्पतालका निवर्तमान अध्यक्ष गोविन्द पहाडी, शिक्षाप्रेमी पृथ्वी नारायण शर्मा, साहित्यकार इन्द्रमान खत्री, पत्रकार गणेश पौडेल लगायत उपस्थित साहित्यकार, कलाकार ,पत्रकार, शिक्षाप्रेर्मीहरुले आफ्नो अनुभव विचार आदान प्रदान गरेका थिए ।

आर्ट नेपालका संयोजक किसान बिसीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन कलाकार एवं सञ्चारकर्मी अर्जुन थापाले गर्नुभएको थियो ।

ताजा

Related Articles