25.1 C
Kathmandu
Monday, July 22, 2024

प्रेस चौतरीको कार्यक्रमलाई सम्बोधन गर्न पौष ४ गते एमाले बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल पर्वत आउने

२९ मंसीर, पर्वत । नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल पर्वत आउने भएका छन् । प्रेस चौतारी नेपाल पर्वत शाखाले आयोजना गरेको विचार गोष्ठि, पुरस्कार वितरण तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्न पोखरेल पर्वत आउन लागेका हुन ।

पर्वतको सदरमुकाम कुश्मा बजारमा हुने औपचारिक कार्यक्रममा प्रमुख अतिथिको रुपमा बरिष्ठ उपाध्यक्ष पोखरेल पर्वत आउन लागेको प्रेस चौतारी पर्वतका सचिव सुवास लामिछानले जानकारी दिए । पोखरेल ३ गते कुश्मा आइपुग्ने र ४ गते दिनको ११ बजे देखि हुने औपचारिक कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । प्रेस चौतारी पर्वत शाखाले पुष ४ गते समाजवाद उन्मुख आर्थिक विकासमा सञ्चार माध्यमको भूमिका विषयका विचार गोष्ठिको आयोजना गरेको छ ।

चौतारीले विगत ५ बर्ष देखिको सृजनशिल पत्रकारिता पुरस्कार वितरण कार्यक्रमको आयोजना गरेको छ । पुरस्कार पाउनेहरुमा लक्ष्मण सापकोटा, कृष्ण अखेली, सुवास लामिछाने, शान्ति सुवेदी र महेन्द्रबहादुर जिसी रहेका छन् ।

यसैगरी सोहि कार्यक्रममा प्रेस चौतारीले शाखामा विशिष्ठ योगदान पुराएका पत्रकारहरु भोलानाथ शर्मा, दुर्गाप्रसाद शर्मा, राजेन्द्र पहाडी, इन्द्रमान खत्री,गणेश पौडेल र सन्तोष थापालाई सम्मान गर्ने कार्यक्रम समेत तय भएको छ ।

ताजा

Related Articles