पर्वत । चर्चित गायक तेजश रेग्मीको लोकदोहोरी गित “फुर्के फुर्के जुँगा” सार्वजनिक (भिडियो सहित)
पर्वत । चर्चित लोकदोहोरी गायक एवम सर्जक तेजश रेग्मीको “फुर्के जुँगामा” बोलको लोकदोहोरी गित बजारमा आएको छ । स्वयम रेग्मी र पछिल्लो समयकी चर्चित गायिका समिक्षा अधिकारीको आवाज रेहेको गितमा शब्द संकलन सपना बानियले गरेकी छन् भने संगित गायक तेजश रेग्मीकै रहेको छ ।
गितको भिडियोमा पछिल्लो समयका चर्चित मोडेल सुधिर श्रेष्ठ, रोशनी कार्की, राज र सोपिया ब्रार्चाय छम्म छम्म नाचेका छन् भने कोरियोग्राफर शिव वि.कले र निर्देशन आदित्य बुढाथोकीले गरेका हुन् । गित रमाईलो र नाचन मिल्ने भएकाले धेरै स्रोता दर्शकको मन मुटुमा बस्न सफल हुनेमा विश्वसत रहेको गायक एवम सर्जक रेग्मीले बताए । गितको भिडियो स्वयम गायक तेजश रेग्मीको युटुब च्यानल “तेजश रेग्मी” मा हेर्न सकिन्छ ।
हेर्नेुहोस भिडियो

