म मान्दिन बैरी, विधि यो धराको
न पुग्ने चुलीमा, कुना कन्दराको
नपुज्ने हरूको, त चढ्दैन क्यारे,
नचढ्ने रे भेटी, कठै ! त्यो वराको
बने देव भन्ने, नठान्नु हजुरले
म जीउँदै छु बन्दी उही पीजराको
नाअऊ तिमी भो म सम्झिन्न कैले,
कसम भो तिमीलाई मेरो धरहराको
लगायौ डढेलो र बस्ती जलायौ,
भयो भस्म क्यारे सपना चराको
गयो चुस्नलाई, भयो सर्वहारा,
थियो दोष थियो निच भ्रमराको