24.1 C
Kathmandu
Friday, April 17, 2026

अतालिएको मन

अतालिएको मन

गाउँमा हामी भन्नेलाई भेटे।

शहरमा मै हु भन्नेलाई भेटे।

दुवैको मन एउटै हो  तर।

विचार फरक फरक भेटे।

हामी भन्ने हरुले,

केही दिन अझै बसिदेउ भन्दै बाटो छेके।

मै हु भन्नेहरुले,

कुकुरलाई दूध पिलाएर

फिक्का चिया पिउदै गरेको देखे।

विश्वास त गाँउको लाग्यो,

त्याहा मायाले आोतप्रोत मनहरु भटे।

अभाव भेटे,

दुख देखे,

दिनभरिको थकाई,

अनि बिश्रामको बेला सुख साटेको देखे।

गरिबी र पिडामा पनि नआतिने मनहरु भेटे।

हामी भन्नेहरुको त के

के भनौ,

स्वार्थ,एक्लोपन रअतालिएको मन मात्रै भेटे।

अतालिएको मन मात्रै भेटे।

भूषण दहाल, दोलखा

ताजा

Related Articles