12.1 C
Kathmandu
Saturday, February 7, 2026

सिट बाँडफाँटबारे साझा धारणा बनाउन गठबन्धनका शीर्ष नेताकाे निर्देशन

काठमाण्डाै – सत्ता गठबन्धनका शीर्ष नेताहरूले सिट बाँडफाँट गर्न बनेको कार्यदललाई नै त्यसबारे साझा धारणा तय गर्न निर्देशन दिएका छन् । केही बेरअघि प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका नेताहरूको बैठकले कार्यदललाई नै त्यसबारे साझा धारणा तय गर्न निर्देशन दिएको हो ।

बैठकमा कार्यदलका संयोजक कृष्णप्रसाद सिटौलाले शीर्ष नेताहरूलाई कार्यदलमा भएको छलफल र प्रगतिबारे जानकारी गराउनुभएको र छलफलपछि शीर्ष नेताहरूले कार्यदलमै सिट बाँडफाँटको विषयमा साझा धारणा बनाउन निर्देशन दिएका सञ्चारमन्त्री समेत रहनुभएका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँले अब कार्यदलले चाँडो भन्दा चाँडो सिट बाँडफाँटको काम पूरा गर्ने गरी छलफललाई अघि बढाउने बताउनुभयो ।

  1. सत्ता गठबन्धनमा सिट बाँडफाँटका लागि कांग्रेस नेता कृष्णप्रसाद सिटौला नेतृत्वमा ११ सदस्यीय कार्यदल बनेको छ ।

ताजा

Related Articles