11.1 C
Kathmandu
Monday, February 9, 2026

यस्तो छ आज बिहीबार पेट्रोल, डिजेल र ग्यासको मूल्य

काठमाडौं ११ कात्तिक । नेपाल आयल निगमले बिहीबारका लागि पेट्रोल, डिजेल र ग्यासको मूल्यसूची सार्वजनिक गरेको छ ।

जसअनुसार बिहीबार काठमाडौँमा पेट्रोल प्रतिलिटर एक सय ३० रुपैयाँ, वीरगन्जमा प्रतिलिटर एक सय २८ रुपैयाँ पाँच पैसा, सुर्खेतमा प्रतिलिटर एक सय ३० रुपैयाँ, दिपायलमा प्रतिलिटर एक सय ३० रुपैयाँ, पोखरामा प्रतिलिटर एक सय २९ रुपैयाँ पाँच पैसा, दाङमा प्रतिलिटर एक सय २९ रुपैयाँ पाँच पैसा, विराटनगर, महेन्द्रनगर, धनुषा, अमलेखगन्ज, नेपालगन्ज, धनगढीलगायत बजारमा प्रतिलिटर एक सय २८ रुपैयाँ पाँच पैसामा कारोबार भइरहेको निगमले जनाएको छ ।

यस्तै, डिजेल विराटनगर, महेन्द्रनगर, धनुषा, अमलेखगन्ज, नेपालगन्ज, धनगढीलगायत बजारमा प्रतिलिटर एक सय ११ रुपैयाँ पाँच पैसा, पोखरा, दाङलगायत बजारमा प्रतिलिटर एक सय १२ रुपैयाँ पाँच पैसा, सुर्खेत, दिपालय, काठमाडौँलगायत बजारमा प्रतिलिटर एक सय १३ रुपैयाँ, वीरगन्जमा प्रतिलिटर एक सय ११ रुपैयाँ पाँच पैसा रहेको नेपाल आयल निगमले जनाएको छ ।

यस्तै, ग्यास काठमाडौँमा एक हजार चार सय ४५ रुपैयाँ, वीरगन्जमा एक हजार चार सय ३० रुपैयाँ, सुर्खेत, दिपायल, पोखरा, दाङमा एक हजार चार सय ४५ रुपैयाँ र विराटनगर, महेन्द्रनगर, धनुषा, अमलेखगन्ज, नेपालगन्ज, धनगढीलगायत बजारमा एक हजार चार सय ३० रुपैयाँ रहेको आयल निगमले जनाएको छ ।

ताजा

Related Articles